काठमाडौं, ५ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज बिहीबार सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र मुम्बइ इण्डियन्स भिड्दैछन् ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे फिरोज साह कोट्ला मैदान दिल्लीमा हुनेछ । दुई टिम जारी सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । पहिलो भेटमा दिल्लीले मुम्बईलाई ३७ रनले हराएको थियो । दुवै टिमले खेलेका ८ मध्ये पाँच/पाँच खेल जितेर समान १० अंक जोडेका छन् ।
अंकतालिकामा भने नेट रनरेटका आधारमा दिल्ली दोस्रो र मुम्बई तेस्रो स्थानमा छन् ।

पछिल्लो दुई खेलमा बेञ्चमै बसेका नेपाली बलर सन्दिपलाई आज पनि दिल्लीले खेलाउने संभावना कम छ । उनी संभावित सूचीमा नसमेटिएकाले उनले आज पनि खेल्ने संभावना न्यून देखिएको हो । यद्यपी अहिलेसम्म अन्तिम ११ खेलाडीको नाम आइसकेको छैन । आज दुवै टिम खेल जितेर प्लेअफको स्थान सुरक्षित गर्ने दाउमा हुनेछन् ।