काठमाडौं, ७ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किँग्स इलाभेन पञ्जावविरुद्ध जारी खेलमा दिल्ली क्यापिटल्सका लागि सन्दिप लामिछानेले दोस्रो विकेट लिएका छन् ।

आफ्नो तेस्रो ओभरमा उनले क्रिस गेललाई आउट गरेका हुन् । गेल ६९ रनमा आउट भएका छन् ।
यसअघि दोस्रो ओभरमा बलिङमा आएका सन्दिपले पहिलो विकेटका रुपमा के एल राहुललाई पभेलिन फर्काएका थिए ।

उनले के एल राहुललाई १२ रनमा आउट गरेका हुन् ।