काठमाडौं, ७ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सका लागि सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।

किँग्स इलाभेन पञ्जावविरुद्ध दोस्रो ओभरमा बलिङमा आएका सन्दिपले के एल राहुललाई पभेलिन फर्काएका हुन् । पहिलो बलमा छक्का र तेस्रो बलमा चौका दिएका सन्दिपले चौथो बलमा विकेट लिए ।

के एल राहुल १२ रन बनाएर आउट भए । सन्दिप लगातार तीन खेल वेञ्चमा बसेपछि टिममा परेका हुन् ।