२६ मंसिर, एजेन्सी । सन् २०२० मा हुने आइपीएल टि ट्वेन्टी क्रिकेट प्रतियोगिताको अक्सन (लिलामी)का लागि ३ सय ३२ खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ ।

लिलामीका लागि ९ सय ७१ जना खेलाडीको नाम दर्ता गरिएको थियो । जसमध्ये ३ सय ३२ जनाको सर्टलिस्ट सार्वजनिक गरिएको हो । खेलाडीको अक्सन १९ डिसेम्बरमा कोलकातामा हुनेछ । अक्सनका लागि दुई करोड न्यूनतम मूल्य तोकिएका खेलाडी ७ जना छन् । जसमध्ये ४ जना अष्ट्रेलियाका रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । अष्ट्रेलिय खेलाडीहरु ग्लेन म्याक्सवेल, प्याट कमिन्स, जोश ह्याजलउड र मिचेल मार्श तथा श्रीलंकाका अलराउण्डर एन्जेलो म्याथुज, दक्षिण अफ्रिकाका क्रिस मोरिस र डेल स्टेनको न्यूनतम मूल्य २ करोड तोकिएको हो ।

त्यो भन्दा धेरै जुन टिमले बोली लगाउन सक्छ उनीहरुलाई खरिद गरी आफ्नो टिममा लैजान सक्नेछ । भारतबाट सर्वाधिक धेरै न्यूनतम मूल्य प्राप्त गर्ने खेलाडी हुन् रोबिन उथप्पा । उनको न्यूनतम मूल्य १ करोड ५० लाख रुपैयाँ रहेको छ । सन् २००७ मा टि ट्वेन्टी विश्वकप जित्ने टिमका महत्वपूर्ण सदस्य धेरै वर्षदेखि कोलकाता नाइटराइडर्सबाट खेल्दै आएका थिए ।

यसै वर्ष उनलाई टिमले रिलिन गरेको हो । कूल ३३२ मध्ये ७३ खेलाडीका लागि मात्रै स्थान खाली रहेको छ । यसमा २९ जना विदेशी खेलाडीका लागि राखिएको छ । आइपीएल खेलिरहेका नेपालका खेलाडी सन्दिप लामिछानेलाई भने दिल्ली क्यापिटल्सले रिलिज गरेको छैन