एप्पल कम्पनीले गत वर्ष (सन् २०१५ सेप्टेम्बर १९) आइफोन ६-एस र ६-एस प्लसको रिलिज गर्ने बेलामा यी मोबाइलको बारेमा एउटा विशेषताको उल्लेख गर्न छुटाएको रहेछ- त्यो हो ‘वाटर रेसिस्टेण्ट’। तथापी युट्यूबका एक प्रयोगकर्ता, Zach Straley ले आइफोन ६-एस र ६-एस प्लसलाई पानीमा डुबाएर परीक्षण गरेका छन्।

What Happens when iPhone 6s is dipped in water 35170716युट्यूबमा पोस्ट भएको भिडियोमा दुवै आइफोनलाई १ घण्टासम्म पानीमा डुबाइएको देखाइएको छ। त्यसरी पानीमा डुबाउँदा समेत दुवै आइफोनको क्यामेरा, ३डी टच, होम बटन लगायत अन्य सबै कुरामा कुनै असर नपरेको देख्न सकिन्छ।

What Happens when iPhone 6s is dipped in water 73535616भिडियो पोस्ट गरेको केहि क्षणमा Straley ले दुवै फोनको चार्जर पोर्ट र हेडफोन पोर्टमा पनि कुनै असर नपरेको भनेर पोस्ट गरेका थिए।

What Happens when iPhone 6s is dipped in water 95349616तर, एप्पलबाट कुनै आधिकारिक तथ्य प्राप्त नभएसम्म आफ्नो आइफोन पानीमा डुबाइहाल्नु सुरक्षित भने नहोला।

What Happens when iPhone 6s is dipped in water 115552716तर यत्ति भन्न सकिन्छ कि, सामसुङले ग्यालेक्सी एस-७ र एस-७ एजमा वाटरप्रूफ प्रविधि राख्नुभन्दा पहिल्यै एप्पलले त्यसलाई अपनाइसकेको रहेछ। फरक यत्ति हो कि एप्पलले अझसम्म त्यसको दाबी गरेको छैन।What Happens when iPhone 6s is dipped in water 12860616

हेर्नुहोस् भिडियोः

यो पनि हेर्नुहोस्-
एप्पलले आधिकारिक रूपमै मार्चमा हुने कार्यक्रमको घोषणा गर्यो, जहाँ नयाँ ४-इन्चको आइफोन र आइप्याडको लञ्च हुनेछ
‘आइफोनमा एप बन्द गरेर चार्ज ढिलो सिद्धिने होइन’
आइफोन ५-एस को मूल्य ५०% ले घट्ने- रिपोर्ट
आइफोन र एण्ड्रोइडबाट नेपाली टाइप गर्न चाहनुहुन्छ?