कुशल श्रेष्ठ

सबैको हात-हातमा मोबाइल हुन्छ, अझ अहिले त झन् एप्पल कम्पनीले बजार तताइरहेको बखत धेरैको हातमा आइफोन देख्न सकिन्छ। आइफोन चलाउनुको मज्जा र शान आइफोन प्रयोगकर्ताला भनिराख्नु पर्दैन। तर आइफोन चलाउन जति मज्जा हुन्छ, त्यसलाई दिगो बनाइराख्न उत्ति नै गाह्रो पनि हुन्छ। वाइफाइ बिना त झन् आइफोन चलाउनुमा कुनै रस हुँदैन। त्यस्तै आइफोन प्रतोगकर्ताले भोग्दै आएको एक समस्या हो, ढिलो चल्ने र ह्याङ्ग हुने।

धेरै समयसम्म लगातार आइफोनका सेवा सुविधाहरू प्रयोग गरिरहँदा केही समस्या देखिनु सामान्य भएपनि यस्ता केहि विधिहरू अपनाइयो भने सजिलै यो समस्याबाट मुक्ति पनि मिल्छ।

आइफोनलाई छिटो बनाउने केही टिप्स:

१. पुराना फोटोहरू हटाइदिनुहोस्-

नआत्तिनुहोस्, हटाउने भन्नाले डिलिट नै गर्ने होइन! तर आइफोनमा अनावश्यक फोटोहरू राख्नाले धेरै स्पेस खाने गर्छ। त्यसैले त्यी पुराना फोटोहरूलाई कम्प्युटरमा राख्न सकिन्छ, होइन भने आइक्लाउडको एकाउन्टमा पनि राख्न सक्नुहुन्छ। नचाहिने नै छ भने हटाउन पनि सकिनेछ।make iphone run faster (9)

२. धेरै ठाउँ ओगटेका एपहरू छन् भने हटाउनुहोस्-

तपाईँको आइफोनमा तपाईँले कहिल्यै प्रयोग नगर्ने एपहरू पनि इन्स्टल्ड भएका हुन्छन्, जसले धेरै भन्दा धेरै ठाउँ ओगटिरहेको हुन्छ। त्यस्ता एपहरू जति धेरै भयो, तपाईँको आइफोन त्यति नै ढिलो चल्ने हुन्छ। त्यसैले, कुन एपले कति ठाउँ ओगटेको छ हेर्नको लागिः
सेटिङ्ग्स (Settings)> जेनेरल (General)> स्टोरेज एण्ड आइक्लाउड युसेज (Storage & iCloud Usage)> म्यानेज स्टोरेज (Manage Storage) मा जान सक्नुहुन्छ। त्यसपश्चात नचाहिने र धेरै ठाउँ लिएका एप हटाउन सकिन्छ।make iphone run faster (8)

३. पुराना म्यासेजहरू फालिदिनुहोस्-

पुराना एसएमएस तथा मल्टिमिडिया म्यासेजहरू हटाउनुभएन भने, त्यसले बिस्तारै आइफोनको सफ्ट्वेयरलाई ढिलो बनाउँदै जान्छ। त्यसैले तपाईँको फोनमा पुराना म्यासेजहरू जम्मा भएर नबसोस् भन्ने चाहनुहुन्छ भने आइफोनका यी ३ सुविधाहरूको प्रयोग गर्न सक्नुहुन्छः

  • ३० दिनसम्मको म्यासेजहरू राख्ने
  • १ वर्षसम्मको म्यासेजहरू राख्ने
  • सबै म्यासेजहरू राख्ने

यसको लागिः सेटिङ्ग्स (Settings)> म्यासेजेज (Messages)> किप म्यासेजेज (Keep Messages) मा गएर छनौट गर्न सक्नुहुन्छ।make iphone run faster (7)

४. सफारी ब्राउजरको क्यासलाई हटाउनुहोस्-

क्यास (Cache) भनेको कुनै पनि सफ्ट्वेयरले आफ्नो इतिहास र अस्थायी डाटाहरूलाई राख्ने फाइल हो, र यसको आकार जति धेरै भयो, तपाईँको आइफोन त्यति नै ढिलो हुने गर्दछ। त्यसको लागिः सेटिङ्ग्स (Settings)> सफारी (Safari) मा गई ‘क्लियर हिस्टरी एण्ड वेबसाइट डाटा’ (Clear History and Website Data) मा क्लीक गर्नुहोस्।make iphone run faster (6)

५. स्वतः अपडेट हुने सुविधालाई बन्द गर्नुहोस्-

यदि तपाईँको आइफोन पहिलेको भन्दा ढिलो चल्न थालेको छ भने, त्यसले ब्याकग्राउण्डमा एपहरू अपडेट गर्न खोजिरहेको अवस्था हुन सक्छ। यदि त्यस्तो हो भने एपहरूलाई स्वतः अपडेट हुन दिनुभन्दा आफैले अपडेट गर्नु उचित हुन्छ।make iphone run faster (5)

यसको लागिः सेटिङ्ग्स (Settings)> आइट्युन्स एण्ड एपस्टोर (iTunes & App Store) मा जानुहोस् र ‘अपडेट्स’ (Updates) लाई बन्द गर्नुहोस्।

६. स्वतः डाउनलोड हुने सुविधालाई बन्द गर्नुहोस्-

स्वतः अपडेट जस्तै स्वतः डाउनलोड सुविधाले पनि तपाईँको आइफोनलाई ढिलो बनाइरहेको हुन्छ। यदि यो सुविधा सुचारु गर्नुभएको छ भने, तपाईँको एप स्वतः अपडेट त हुन्छ, तर मोबाइल पनि ढिलो हुने गर्छ। यो सुविधालाई बन्द गर्नको लागिः सेटिङ्ग्स (Settings)> आइट्युन्स एण्ड एप स्टोर (iTunes & App Store) मा गई त्यहाँ भएका सबै स्लाइडरलाई बन्द गर्नुहोस्।make iphone run faster (4)

७. स्वतः वाइफाइ कनेक्ट हुने सुविधालाई बन्द गर्नुहोस्-

तपाईँ कुनै साथीको घरमा जाँदा त्यहाँको वाइफाइसँग कनेक्ट गर्नको लागि तपाईँको आइफोनले सुझाव मागिरहेको याद गर्नुभएको छ? यदि त्यस्तो गरेको छ भने, त्यस्तो सुविधालाई बन्द गरेकै उचित हुन्छ। त्यसको लागिः सेटिङ्ग्स (Settings)> वाइफाइ (Wi-Fi) मा गई ‘आस्क टु ज्वाइन नेटवर्क्स’ (Ask to Join Networks) सेवालाई बन्द गर्नुहोस्।make iphone run faster (3)

८. बेलाबखतमा आइफोन बन्द गरेर खोल्ने गर्नुहोस्-

तपाईँको आइफोन भनेको ‘सानो कम्प्युटर’ नै हो भन्न सकिन्छ। जसरी कम्प्युटरलाई पनि बन्द गरेर खोल्दा छिटो चल्छ, त्यसरी नै मोबाइल फोन पनि ढिलो हुँदै गएको छ भने एकचोटि रिस्टार्ट (Restart) गर्नु जरुरी हुन्छ।make iphone run faster (1)

९. सफ्ट्वेयर अपडेटको लागि जाँच गर्नुहोस् र अपडेट आएको छ भने अपडेट गर्नुहोस्-

सफ्ट्वेयर अपडेटमा विशेष गरी सिस्टममा भएका गल्ती तथा ग्लिचहरूलाई सुधार गरेको हुन्छ। यदि तपाईँको आइफोनलाई जे गर्दा पनि छिटो चल्दैन भने, त्यसको अपरेटिङ्ग सिस्टममै समस्या हुन पनि सक्छ। त्यसैले नयाँ अपडेट आएको बेला अपडेट गर्नु जरुरी हुन्छ।make iphone run faster (2)

त्यसको लागि आइफोनमा वाइफाइ कनेक्ट गर्नुहोस्, त्यसपछि सेटिङ्ग्स (Settings)> जेनेरल (General)> सफ्ट्वेयर अपडेट (Software Update) मा जानुहोस्। त्यसपछि त्यसले कुनै अपडेट आएको छ वा छैन जाँच गर्छ र यदि अपडेट आएको छ भने तपाईँलाई जानकारी दिन्छ। यदि अपडेट आएको छ भने ‘डाउनलोड एण्ड इन्स्टल’ (Download and Install) मा क्लीक गर्नुहोस् र केहि बेर पर्खिनुहोस्।

१०. ब्याकग्राउण्डमा चलेका एपहरू बन्द गर्नुहोस्-

धेरै दिनदेखि तपाईँले विभिन्न एपहरू खोल्नुभयो तर बन्द गर्नुभएको छैन भने, त्यी सबै एपहरू ब्याकग्राउण्डमा चलिरहेका हुन्छन् र त्यसले पनि मोबाइललाई ढिलो बनाइरहेको हुन्छ। त्यी एपहरू बन्द गर्नको लागिः होम बटन (Home Button) दुईचोटि क्लिक गर्नुहोस्, त्यसपछि तपाईँले खोल्नुभएका सबै एपहरू देखाउँदछ। तिनीहरूलाई बन्द गर्नको लागि त्यसमा टच गरेर माथि स्लाइड गरिदिनुहोस्।

जुन कुनै सामानलाई पनि विचार पुर्याएर चलायो भने, त्यो सामान धेरै टिकाउ त हुन्छ हुन्छ, त्यसको साथसाथै काम पनि छिटो र राम्रो गर्दछ। त्यसैले तपाईँको प्यारो र महत्वपूर्ण आइफोनलाई छिटो र टिकाउ बनाउन चाहनुहुन्छ भने माथिका विधिहरू अपनाउनुहोस् र आइफोनको भरपूर मज्जा लिनुहोस्।

यो पनि हेर्नुहोस्-
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
मोबाइलमा समस्या ल्याउने ६५ एण्ड्रोइड एप्स
एक लाइनको म्याजेस जसले आइफोन क्र्यासगर्न सक्छ