कुशल श्रेष्ठ

आजभोली फेसबुक, ट्वीटर लगायतका अन्य सामाजिक सञ्जालमा नेपाली युनिकोड सपोर्ट गर्न थालेपछि नेपालीमै कमेन्ट र म्यासेज गर्ने प्रचलन बढ्दै गएको छ। कम्प्यूटर र ल्यापटपबाट त सजिलै नेपाली टाइप गर्न सकिन्छ। मोबाइलबाट पनि कतिपयले त नेपालीमै कमेन्ट गरिरहेका हुन्छन्।type-nepali-logo

तर अझै पनि अधिकांशले आफ्नो स्मार्टफोनबाट नेपालीमा टाइप कसरी गर्ने भनेर अलमलमा परिरहेका हुन्छन्। तर धन्ना नमान्नुहोस्, तपाईँहरूको मोबाइलबाट नेपाली टाइप गर्ने सपनालाई साकार यसरी गर्न सकिन्छ।

आइफोनको लागि यसो गर्नुहोस्ः
  • आइफोनको एप स्टोरमा जानुहोस्।
  • सर्च ट्याबमा गई nepali keyboard लेख्नुहोस्।
  • त्यहाँ थुप्रै एपहरू देख्न सक्नुहुन्छ, तर तपाईँलाई चाहिएको एउटै मात्र हो। उदाहरणको लागिः सुरुमै देखिने ‘Nepali Transliteration Keyboard‘ भन्ने एप डाउनलोड गर्नुहोस्।
  • डाउनलोड भएपछि एप खोलिराख्नुपर्ने जरुरी छैन।
  • अब, Settings मा जानुहोस्, General भित्रको Keyboard खोल्नुहोस्। त्यहाँ सुरुमै देखाइएको Keyboards मा गई Add New Keyboard… मा क्लिक गर्नुहोस्।Nepali Type in iPhone 1
  • किबोर्डहरूको सूचीको सुरुमै ‘KeyNounce Nepali‘ भन्ने देख्न सक्नुहुन्छ, त्यसैलाई ट्याप गरेर छनौट गर्नुहोस्।
  • त्यसपछि तपाईँले छान्नुभएको किबोर्डको सूचीमा भएको Nepali Transliteration मा ट्याप गरी Allow Full Access लाई On गर्नुहोस्।Nepali Type in iPhone 2
  • अब टाइप गर्ने ठाउँमा जानुहोस्।
  • मोबाइलको किबोर्डको तलपट्टिको देब्रेसाइडमा भएको globe को चिन्हमा क्लिक गर्दै आफूलाई चाहिएको किबोर्ड छान्न सक्नुहुन्छ।
  • अथवा त्यस globe चिन्हमा एकछिन ट्याप गरिराख्नुभयो भने पनि किबोर्डको सूची देखाउँछ र त्यसैबाट छान्न सक्नुहुन्छ।
  • तपाईँले त्यस ग्लोबमा ट्याप गरेपछि कुन चाहिँ किबोर्ड छान्नुभयो भनेर space bar मा नाम देखाउँदछ।Nepali Type in iPhone 3
  • space bar मा Nepali Transliteration भनेर देखाएपछि, अब टाइप गर्नुहोस्ः Hello त्यसले ‘हेल्लो’ देखाउँछ। टाइप गर्नुहोस्ः namaste त्यसले ‘नमस्ते’ देखाउँछ।
एण्ड्रोइडको लागि यसो गर्नुहोस्ः
  • एण्ड्रोइडको प्लेस्टोरमा जानुहोस्।
  • सर्च गर्ने ठाउँमा गई nepali keyboard भनेर खोज्नुहोस्।
  • त्यहाँ देखाइएका मध्ये तपाईँले जुन पनि छान्न सक्नुहुन्छ। उदाहरणको लागिः सुरुमै देखिने ‘Hamro Nepali Keyboard‘ भन्ने डाउनलोड गर्नुहोस्।
  • डाउनलोड भएपछि एप खोल्नुहोस्।
  • त्यहाँको किबोर्ड इनेबल गर्ने बटनमा क्लिक गर्नुहोस् र Hamro Nepali Keyboard लाई On गर्नुहोस्।Nepali Type in Android 1
  • त्यसपछिको IME मा किबोर्ड इनेबल गर्ने बटनमा क्लिक गरी Hamro Nepali Keyboard छान्नुहोस्।
  • अब टाइप गर्ने ठाउँमा गई किबोर्डको तलपट्टी रहेको झण्डामा क्लिक गर्नुहोस्।
  • त्यहाँ किबोर्डका अन्य विकल्पहरू पनि देख्न सक्नुहुन्छ।Nepali Type in Android 2
  • नेपाली किबोर्ड छानिसकेपछि टाइप गर्नुहोस्ः Hello, त्यसले ‘हेल्लो’ देखाउनेछ।
यो पनि हेर्नुहोस्-
तपाईँको हराएको एण्ड्रोइड स्मार्टफोन पत्ता लगाउने छिटो-मिठो तरिका
“मेरो एण्ड्रोइडबाट फोटो नै हरायो, त्यसलाई कसरी फिर्ता ल्याउने?”
क्रेडिट कार्ड बिना नै निःशुल्क एप्पल आइडी कसरी बनाउने?
आइफोन छिटो बनाउने सजिला १० विधि