२५ भदौ, एजेन्सी । विश्वमा आर्थिक मन्दि चलिरहेका बेला एप्पल कम्पनीले आफ्नो आइफोन ११ सिरिजको आइफोन, आइप्याड र नयाँ स्मार्ट वाच लन्च गरेको छ ।

नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रोम्याक्स फोनको विभिन्न विशेषता छन् । प्रमुख विशेषता भनेको यस आइफोनमा तीनवटा क्यामरा छन् । यि क्यामेराले एकैपटक विभिन्न फरम्याटमा भिडियो (स्लोमोशन, ल्याण्डस्केप सेल्फी) रेकर्ड गर्न सकिन्छ । यो बाहेक यसमा टेलीफोटो, अल्ट्रावाइड र नयाँ नाइट मोड पनि छ जसको सहयोगबाट उज्यालो कम भएको स्थानमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ ।

यसको प्रोसेसर पनि पहिलाको आइफोन्सभन्दा राम्रो रहेको छ । अर्थात यो आइफोनले पहिलोको भन्दा धेरै राम्रोसँग काम गर्दछ । एप्पलका अनुसार यसको ब्याट्री पनि पहिलाभन्दा निकै राम्रो छ । नयाँ आइफोनले फुलचार्जमा चारदेखि पाँच घण्टा काम गर्न सकिने एप्पलको दाबी छ । क्यालिफोर्नियाको कूपर्टिनोमा भएको एक भब्य समारोहका बीच गएराति एप्पलका सिइओ टिम कुकले एकैसाथ तीनवटा मोबाइल लन्च गरे । तीन वटै मोडल आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मूल्य क्रमशः ६ सय ९९ , ९ सय ९९ र १ हजार ९९ अमेरिकी डलर राखिएको छ । यो फोन वाटर प्रुफ छ । यसमा धुलो पनि छिर्दैन । कम्पनीको दाबी छ कि पानी र धुलोले यो फोन कहिल्यै पनि विग्रने छैन ।

आइफोन पहिलो पटक ट्रिपल क्यामेरासहित निकालिएको हो । तिनमध्ये १२ मेगापिक्सलको वाइड एंगल क्यामरा, अर्को १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामरा र धेरै जुम गर्नका लागि टेलिफोटो क्यामरा छन् । वाइड एंगल क्यामराबाट ग्रुप सेल्फी लिँदा धेरै व्यक्ती समेट्न सकिन्छ । यसका साथै आइफोन ११ मा आइफोन एक्स आर भन्दा एक घण्टा धेरै ब्याट्री ब्याकअप पनि रहेको छ । यसमा नाइट मोड र ६० फ्रेम प्रतिसेकेन्डको दरमा भिडियो रेकर्डको सुविधान पनि छ ।