९ वैशाख,काठमाडौं।
आईपिएलको दसौं सस्करणको २३ औं खेलमा गुजरात लायन्सले कोलकाता नाइटराइडर्समाथि धमाकेदार जीत हासिल गरेको छ । गए राति खेलिएको खेलमा गुजरात लायन्सले कप्तान सुरेश रैनाको आक्रामक पारीको बलमा कोलकाता नाइटराइडर्सलाई ४ विकेटले पराजित गर्यो।

खेलमा पहिले ब्याटिङ गर्दै कोलकाता नाइटराइडर्सले १८८ रनको लक्ष्य गुजरात सामु राखेको थियो। जवाफमा गुजरात लायन्सले सुरेश रैनाको ८४ रनको पारीको मद्धतमा १८.२ ओभरमै जीत हासिल गर्यो ।

टस पारेर ब्याटिङमा ओर्लिएको नाइट राइडर्सलाई रबिन उथप्पा र सुनिल नारायणले १८७ रन सम्म पुर्याएका थिए। कोलकाताका लागि गौतम गम्भिर र सुनिल नारायणले राम्रो शुरुवात दिलाएका थिए। पहिलो विकेटका लागि उनिहरुले २० बलमा ४५ रन जोडे।

दोस्रो विकेटको लागि गौतम गम्भिर र रबिन उथप्पाले ६९ रनको साझेदारी गरे। तेस्रो विकेटको लागि रबिन उथप्पा र मनिष तिवारीले ५५ रनको साझेदारी गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा गुजरात लायन्सका ओपनरहरु एरोन फिन्च र ब्रेण्डन म्याकुलम शान्दर शुरुवात गरे। उनिहरुले मात्र ३ ओभरमा ४० रन जोडेर जीतको आधार खडा गरिदिएका थिए।

गुजरातले लायन्स पहिलो विकेटको लागि ४२, दोस्रो विकेटको लागि ३१ र तेस्रो विकेटको लागि ३४ रनको साझेदारी भएको थियो।

एकातिर विकेट झरिरहेको पनि अर्को तर्फ कप्तान सुरेश रैनाले आक्रामक पारी जारी राखेका थिए। उनले छैठौं विकेटको लागि रबिन्द्र जडेजासंग मिलेर ३१ बलमा ५८ रनको साझेदारी गर्दै गुजरात लायन्सको जीत तय गरिदिए।

४६ रनमा ८४ रन बनाएका सुरेश रैना म्यान अफ द म्याच घोषित भए। यो खेलमा जीतका बाबजुत गुजराय लायन्स अंक तालिकामा सातौं नम्बरमा छ ।

हालसम्म अंक तालिकामा मुम्बइ इन्डियन्स शीर्ष स्थानमा छ ।