४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन आएका जयशंकर बैठकमा बस्नु अघि नै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीलगायतको सहभागिता रहेको थियो । भेटमा दुई देशको आपसी हित र चासोका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संयुक्त आयोगको बैठक आज बुधबार दिउँसो ३ बजे सुरु हुनेछ । बैठकमा दुइपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, उर्जा र जलस्रोत, संस्कृति शिक्षालगायतका विषयमा छलफल हुने कार्यतालिका छ । बैठक भोलीसम्म चल्नेछ । जयशंकर बेलुकी नेपाली समकक्षी प्रदीप ज्ञवालीले आयोजन ागर्ने रात्री भोजमा सहभागी हुनुका साथै बिहीबार विहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गरी दिउँसो साढे ३ बजे दिल्ली फर्केने तालिका छ ।