१७ भदौ, काठमाडौं । दुई नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको चुनावका लागि उमेद्बार टुंगो लगाउन मुख्य दलहरुलाई सकस परेको छ ।

केहीदिनदेखि छलफलमा जुटेका मुख्य दलहरुले आजसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । उमेद्बारी दर्ता गराउने दिन आउन चार दिन मात्रै बाँकी रहँदा उमेद्बार नटुंगिदा प्रचार प्रसार गर्न समस्या भएको छ ।

सत्तारुढ मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले छिटो भन्दा छिटो उम्मेद्बारको अन्तिम टुंगो लगाउने भन्दै छलफलमा व्यस्त छन् । तर आकांक्षीहरु धेरै हुंदा दलहरुलाई व्यवस्थापनमै सकस भएको छ ।

२ नम्बर प्रदेशका महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखका उमेद्बार छान्न दुई दिन देखि नै छलफलमा रहेको नेपाली कांग्रेसले अझै उम्मेद्वार टुंग्याउन सकेको छैन । आज पनि बिहानै देखि पार्टी कार्यालय सानेपामा महामन्त्री डा सशांक कोईराला, नेता विमलेन्द्र नीधि लगायतको उपस्थितीमा छलफल भईरहेको कांग्रेस पार्टी कार्यालयका सचिव कृण्ण पौडेलले जानकारी दिए ।

यद्धपी ९० प्रतिशत उम्मेद्वारहरुको चयन भईसकेको पौडेलले बताए । उनका अनुसार सर्लाही, सिराहा, महोत्तरीमा केही स्थानीय तहबाहेक सबैे जिल्लाको लगभग टुँगो लागिसकेको छ । एकमात्र वीरगंज महानगरपालिका प्रमुखमा नेपाली काँग्रेसले अजय द्धिवेदीको नाम टुँगो लगाईसकेको छ भने उपप्रमुखको उमेद्बार छान्न बाँकी छ ।

यस्तैगरी जितपुर-सिमरा उपमहानगरपालिकामा शोभाकर पराजुली, श्याम गुप्ता, ओमकृण्ण कार्की, निजगढ नगरपालिकामा सुरेस खनाल र पेमासिद्धी लामामध्ये एकजनाको नाम छनोट गर्दैछ ।  रौतहटमा भने माओवादी केन्द्रसँग तालमेल गरी जिल्लाले नै मिलाउने भनेको तर केही क्षेत्रीय सभापतिहरुको गुनासो रहेकाले छलफल भईरहेको पौडेलले बताए ।

प्रदेश नम्बर दुईमा हुने निर्वाचनका लागि तराई केन्द्रित भएको माओवादी केन्द्रपनि वीरगन्ज पुगेर उम्मेद्धारहरुको नाम चयनमा व्यस्त भएको छ । माओवादी केन्द्रले दुई नम्बर प्रदेशका एकदुई वटा जिल्लाको आजै रातीसम्म टुँगो लगाउने र बाँकी जिल्लाका उम्मेद्धारहरु एक दुई दिनभित्र चयन गर्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए

राष्ट्रिय जनता पार्टि नेपालको अध्यक्ष मण्डलले पनि दुइ नम्बर प्रदेशमा हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवार तय गर्न छलफल गरिरहेको छ ।