कुशल श्रेष्ठ
‘सेक्स’ यानिकी यौन! यो शब्द सुन्नेबित्तीकै कसैले मुख छोप्न थाल्छन् भने कसैले नाक खुम्च्याउन थाल्छन्। मानवजातिको बीच शारीरिक सम्बन्ध अति नै जटिल विषय बन्न गएको छ। मानव जीवनको अभिन्न अंग भएर पनि यौन शिक्षा अझै सहज बनिसकेको छैन।
दुनियाँमा जति किसिमका मानिस छन्, त्यति नै किसिमका उनीहरूको शारीरिक चाहना हुन्छ। त्योभन्दा पनि बढि उनीहरूको यौन चाहना र कल्पना हुन्छ। हरेक देश, हरेक जिल्ला अनि हरेक व्यक्तिको शारीरिक सम्बन्धलाई लिएर एकदमै अलग-अलग चाहना हुन्छ।
सामान्य ‘यौन जीवन’ कस्तोलाई भन्ने? यो प्रश्नको जवाफ खोज्नको लागि हामीले केहि आँकडालाई हेर्यौँ र मोटामोटी नतिजामा पुग्ने कोशिस गर्यौँ। जस्तै कि, आखिर हामीलाई सेक्सको जरुरत कति पर्दछ वा हामीले आफ्नो साथीसँगको सम्बन्धमा कस्तो व्यवहारको अपेच्छा राख्छौँ?
पहिलो प्रश्नः हामी कति मात्रामा यौन सम्बन्ध राख्न चाहन्छौँ?
फरक-फरक व्यक्तिको आ-आफ्नै चाहना हुने गर्दछ। तर, संसारमा यस्ता व्यक्ति पनि छन् जसले कहिल्यै पनि सेक्सको जरुरत भएको महशुस गर्दैनन्। यस्ता व्यक्तिहरूको सङ्ख्या कुल सङ्ख्याको ०.४% देखि ३% सम्म हुन सक्ने आँकडाबाट देखिन्छ।
साथै संसारभरीमा करीब १५% मानिसहरू समलैङ्गिक सम्बन्ध राख्न चाहन्छन्। यसमा महिला अनि पुरुषहरू दुवै पर्दछन्।
(यो आँकडा साइकोलोजी एण्ड सेक्सुअलिटी नामको एक वेबसाइटमा आधारित छ।)
दोश्रो प्रश्नः तपाईँ कोसँग बढि सेक्स गर्नुहुन्छ?
यो प्रश्नको पनि अति नै रोचक जवाफ छ।
सामान्यतयाः ‘क्याजुअल सेक्स’ कुनै दुई अञ्जान व्यक्तिको बीचमा हुने गर्दछ। तर सत्य कुरा अर्कै रहेछ। ‘वन नाइट स्ट्याण्ड’ भनेर जति चर्चा गरिन्छ, वास्तवमा यो अन्य सम्बन्धको दाँजोमा एकदमै थोरै हुने गर्दछ।
यस्तो वन नाइट स्ट्याण्ड सम्बन्ध केवल युवाहरूमा मात्रै हुने गर्छ भनेर मानिसहरू सोँच्ने गर्छन्। तथापी, सन् २००९ को एक अमेरीकी सर्वेक्षणको अनुसार, प्रौढ वा वृद्धहरूका बीचमा पनि ‘वन नाइट स्ट्याण्ड’को आँकडा युवाहरूकै बराबर रहेको पाइएको छ।
‘जर्नल अफ सेक्सुझल मेडिसिन’का अनुसार, सबैभन्दा धेरै ५३% मानिसहरू लामो समयसम्म सम्बन्ध बनेको साथीसँग (सामान्यतया: आफ्नो जीवन साथीसंग) सेक्स गर्छन् भने २४% मानिसहरू क्याजुअल पार्टनरका साथ शारीरिक सम्बन्ध राख्छन्।
आफ्नै साथीसँग यौन सम्बन्ध राख्नेहरूको सङ्ख्या १२% रहेको अनुमान गरिन्छ भने अञ्जान व्यक्तिसँग केवल ९% मानिसहरू सेक्स गर्छन्।
सबैजनाको अन्दाजको विपरीत, यौनकर्मीहरूसँग केवल २% मानिसहरू मात्रै यौन सम्पर्क राख्ने गरेको पाइएको छ।
तेश्रो प्रश्नः आखिर हामी कतिचोटि सेक्स गर्छौँ?
अमेरीकामा भएको ‘ग्लोबल सेक्स सर्वेक्षण’को आँकडाअनुसार, ४०% मानिसहरू हप्तामा १ देखि ३ चोटिसम्म यौन सम्बन्ध राख्छन् भने २८% मानिसहरू महिनामा १ वा २ चोटिसम्म। केवल ६.५% मानिसहरू हप्तामा ४ वा सोभन्दा बढि चोटि शारीरिक सम्बन्ध राख्ने गरेको पाइएको छ।
सोहि आँकडाअनुसार के पनि पाइएको छ भन्दा, १८% मानिसहरूले पछिल्लो १ वर्षमा १ चोटि पनि सेक्स गरेनन्। ८% यस्ता छन्, जसले १ वर्षमा केवल १ चोटि मात्रै सेक्स सम्बन्ध राख्छन्।
भन्ने नै हो भने बढ्दो उमेरसँगै यौनको चाहना पनि कम हुँदै जान्छ। तर यस सर्वेक्षणबाट एउटा अचम्मको कुरा प्रकट भएको छ। त्यो के त भन्दा, युवाहरूभन्दा वृद्ध वा प्रौढहरू शारीरिक सम्बन्ध राख्नमा अगाडि हुन्छन्। ११% वृद्ध व्यक्तिहरूले हप्तामा २ देखि ३ चोटिसम्म यौन सम्पर्क गरेको आँकडामा देखिएको छ।
चौथो प्रश्नः मानिसहरू कस्तो खालको सेक्स बढि रुचाउँछन्?
जर्नल अफ सेक्सुअल मेडिसिनका अनुसार, ८६% महिलाहरू र ८०% पुरुषहरू सामान्य किसिमको यौन सम्बन्ध राख्छन् भने ६७% महिलाहरू र ८०% पुरुषहरू साथमा अन्य क्रियाकलापलाई पनि साथ साथ गर्दछन्। जसमा मुखमैथुन यौन सबैभन्दा बढि हुने गर्छ।
यौन सम्बन्धको लागि लाग्ने समयको कुरामा, अधिकांश जोडि को यौन सम्पर्क अवधि १५ देखि ३० मिनेट हुन्छ। समलिङ्गी पुरुषले पनि यति नै समय लगाउँदछन्। समलिङ्गी महिलाहरूले यौन सम्बन्धको अवधि सबैभन्दा धेरै ३० देखि ४० मिनेटसम्म लगाउने उक्त आँकडाले जनाउँछ।
अन्त्यमाः
यो आँकडा केही सिमित मानिसमा गरिएको अध्ययनको नतिजा मात्र हो। उचित यो नै हुन्छ कि तपाईँ आफ्नो इच्छालाई बुझ्नुहोस् र तपाईँको साथीको इच्छालाई बुझ्नुहोस्। स्वस्थ यौन जीवनको अभिन्न अंग हो, यसलाई स्वस्थ नै राख्नु उचित हुन्छ।