वि.स.२०७३ पौष १८ गते । सोमबार । ईश्वी सन् २०१७ जनवरी ०२ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । पौष शुक्ल पक्ष । तिथि चतुर्थी, १८ घडि २८ पला,अपरान्ह्र १४ बजेर २० मिनेछ उप्रान्त पञ्चमी । नक्षत्र धनिष्ठा, २२ घडि ३२ पला, अपरान्ह १५ बजेर ५८ मिनेट उप्रान्त शतभिषा । काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर १९ मिनेट जादा । दिनमान २५ घडी ५६ पला । चन्द्ररासि कुम्भ ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दाजुभाईसँग मनमुटाब बढ्नेछ । ब्यापार ब्यावसायमा भनेजस्तो नाफा कमाउन निकै समय लगानि गर्नुपर्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ । घर परिवारमा आफन्तसँग घरायसी कुरामा मनमुटाव सिर्जना हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न असजिलो महशुस हुँनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

ब्यापार ब्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । सामाजिक काममा दिन बित्ने हुँदा मान सम्मानमा बृद्धि भएर जानेछ ।  काममा आफुभन्दा ठूला ब्यक्ति को सहयोग तथा समर्थन रहनेछ । आम्दानिका स्रोतहरु बढ्ने तथा भविष्यका लागि फाईदा हुने काममा हात हाल्न सकिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्नेछ । साथिभाई तथा आफन्तसँग सैद्धान्तिक बिषयमा मतभेद रहनेछ । उपलब्धी बिहिन काममा समय बित्ने हुँदा मन खिन्न हुँनेछ । महत्वपुर्ण योजनाहरु सार्वजनिक गर्नको लागि केहि समय पर्खनु उचित होला । माया प्रेममा सामान्य घटपट हुने तथा दाम्पत्य जीवनमा अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाँती रहनेछ । अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममामा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ब्यापार ब्यावसायमा लगानी गर्न केहि समय पर्खनु नै राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । सहयोग गर्ने कमै भेटिनेछन् भने आक्षेप लगाउँनेहरु हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सवारी साधन प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । वादविवाद सिर्जना भए मुद्दा मामिलामा तपाईकै जित हुनेछ । ब्यापार ब्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर हुनेछ भने अरु भन्दा पछि परिनेछ । ब्यापार ब्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्खदा राम्रो हुँनेछ । शिक्षा क्षेत्रमा अग्रज व्यक्तित्वहरुसँग सैद्धान्तिक राय बाजिन सक्छ । खानपानको तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामाजिक काममा व्यस्त हुने समय रहेको छ । अध्ययन तथा अध्यापनमा मन नजानेहुँदा अरु भन्दा पछि परिनेछ । कृषि तथा पशुपालन ब्यावसाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग छुट्टिएर टाडाको यात्रा तय गर्नुपर्दा मन निरास हुनेछ । बाहिरी वातावरणसँग घुलमेल हुन नसक्दा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमाईलो यात्राको तय हुँनेछ । दाजुभाई तथा छिमेकले तपाईको काममा भरपुर सहयोग गर्नेछन् । प्रतिष्ठित काम गरेर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । ब्यापार ब्यावसायमा लगानि गरि आम्दानी बढाउन सकिनेछ । माया प्रेमको गाठो मजबुत भएर जाने तथा दाम्पत्य जीवन थप सुमधुर भएर जानेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बोल्दा ख्याल गर्नुहोला छिटो बोल्ने बानिले गलत निर्णयहरु हुन सक्छन् । खानपानमा ध्यान नदिदाँ स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । घर परिवारमा आफन्तसँग मनमुटाव सिर्जना भई दैनिक कामकाजमा बाधा ब्यवधान आउँनेछ । ब्यापारमा भनेजस्तो आम्दानी गर्न प्रसस्त समय खर्चिनु पर्नेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

ब्यापार ब्यावसायमा लगानि बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । समाजमा सामाजिक काम गरि ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ ।  थोरै लगानिबाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नि बिचको मायाको डोरो झन कसिलो भएर जानेछ । विभिन्न भौतिक साधन प्राप्तिको योग रहेको छ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विदेश यात्राको गतिलो सम्भावना रहेको छ । विदेसमा उत्पादित सामानको ब्यापार व्यावसायको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । घर परिवारमा आफन्त तथा पति पत्निबिच मनमुटाव बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याको फेस गर्नुपर्ला ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषि तारानाथ भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२