बि.स.२०७४ बैसाख १२ गते । मंगलबार । ईश्वी सन् २०१७ अप्रिल २५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि चतुर्दशि ३६ घडी ४५ पला, बेलुका ८ बजेर १४ मिनेट उप्रान्त औंषि । नक्षत्र रेवती ३९ घडि २४ पला, बेलुका ९ बजेर १८ मिनेट उप्रान्त अश्विनी । योग विष्कम्भ ४७ घडि ०३ पला । करण भद्रा, बिहान ०९ बजेर ८ मिनेट उप्रान्त शकुनि,बेलुका ८ बजेर १४ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा शुभ योग । चन्द्रराशि मिन । पञ्चक । मातातिचह्रे पूजा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३ मिनेट जादा । दिनमान ३२ घडी ३४ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो प्रतिफल पाउँन केहि समय कुर्नु पर्नेछ  । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव सिर्जना हुँने हुँदा आजको दिन टाडै रहनु उचित हुँनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापारमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् भने पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ भने सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरकारी तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुँने अधिक सम्भावना रहेको छ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ भने सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ भने मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुँने तथा उपाहार प्राप्तिको योग भएपनि टरेर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुँनेछ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने हुँदा भावि दिनमा अगाडि बढ्न सहज हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२