१४ मंसिर, चितवन । सरकारले आजवाट बाघ गणना गर्दैछ । पर्सा वन्यजन्तु आरक्षबाट ‘क्यामरा ट्रयापिङ’ पद्धतिद्वारा बाघ गणना शुरु गर्न लागिएको हो । पर्सा वन्यजन्तु आरक्षबाट शुरु हुने गणना देशका विभिन्न निकुञ्जमा तीन महिनासम्म चल्नेछ ।

पर्सापछि चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर झण्डै तीन महिनाको अवधिमा बाघ गणना सक्ने वन विभागको योजना छ । बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गर्न लागिएको हो ।

यसअघि पनि नेपाल र भारत दुबै देशमा एकैसाथ बाघ गणना हुने गरेको थियो । तर ‘क्यामरा ट्रयापिङ’ पद्दतीवाट भने पहिलोपटक बाघ गणना हुन लागेको हो ।

यसअघि नेपालमा सन दुई हजार १३ मा बाघ गणना भएको थियो । त्यो समयमा देशभर १ सय ९८ बाघ फेला परेका थिए । ति मध्ये सबैभन्दा धेरै चितवन निकुञ्जमा १ सय २० बाघ फेला परेका छन् ।

चितवन निकुञ्ज बाहेक पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छ । त्यसको संरक्षणका लागि विश्व वन्यजन्तु कोष लगायतका निकायले सहयोग गर्दै आएका छन् ।

सन् दुई हजार बाइससम्म बाघको संख्या दोब्बर पु¥याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम भैरहेका छन् । पाटे बाघ नेपालसहित संसारका १४ देशमा पाइन्छ । नेपालमा पाइने पाटे बाघ विश्वबाट लोप हुने अवस्थामा पुगेको छ ।