२९ पुस, काठमाडौं । साताको तेश्रो दिन सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य ८ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने प्रतितोला ८ सय ८० रुपैयाँका कायम भएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताए ।

पुस महिनामा सुनको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । पुसको २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च ७६ हजार ५ सय रुपैयाँ प्रतितोला पुग्यो । पुसको शुरुवातमा ७१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन महिनाको अन्त्यमा ५ हजार रुपैयाँ बढेको छ ।