३ असोज, काठमाडौं ।

आज दोस्रो संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिन्छ । जनप्रतिनीधीबाट बनेको संविधान जारी भएको आज दुइ वर्ष पुगेर ३ वर्ष लागेको छ ।

नयाँ संविधान २०७२ साल असोज ३ गते जारी भएको हो । यसैबिच संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना ब्यक्त गर्दै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरेका छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आजको दिन जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको उल्लेख गरेका छन् ।संविधान दिवसको अवसरमा प्रधानमन्त्री लगायत विभिन्न दलका शीर्षनेताले पनि शुभकामना व्यक्त गरेका छन ।