१४ माघ, काठमाडौं ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा मोबाइल एप्स आउने भएको छ ।प्रचण्डको सचिवालयले उनको मोबाइल एप्स विहिाबार देखि नै आउन लागेको जानकारी दिएको छ ।

सामाजिक सञ्जालका माध्यमबाट जनतासँग प्रत्यक्ष अन्तक्रियात्मक सम्बन्ध स्थापित गर्न क्रियाशिल रहेको भन्दै सचिवालयले समाजवादी क्रान्तिका लागि रुपान्तरण सहित पार्टी पुनर्निर्माणको अभियान चलाउन एप्स ल्याउन लागेको जानकारी दिएको छ ।

Prachanda perisdanda meeting

पछिल्लो पटक प्रचण्डको सचिवालयले फेसबुक, ट्वीटर र मोबाइल एप्समा ब्यापक सक्रियता देखाएको छ । प्रचण्डको यो पहललाई कतिपयले बाबुराम भट्टराईको सामाजिक सञ्जालमा रहेको लोकप्रियतालाईलाई काउन्टर दिने प्रयासकोरुपमा अर्थ्याएका छन् ।

प्रचण्डका निजी सचिव नीजि सचिव जोखबहादुर महराको विज्ञप्तीको पूर्ण पाठः

एक्काइसौं शताब्दी सूचना तथा सञ्चारको शताब्दी हो । हाम्रो पार्टी एकीकृत ने.क.पा. (माओवादी)का अध्यक्ष क. प्रचण्डलाई जनता तथा कार्यकर्तासँग प्रत्यक्ष संवादका लागि सचिवालयले विशेष महत्व दिँदै आएको जगजाहेर नै छ । सामाजिक सञ्जालका माध्यमबाट जनतासँग प्रत्यक्ष अन्तक्र्रियात्मक सम्बन्ध स्थापित गर्न यो सचिवालय क्रियाशील छ । समाजवादी क्रान्तिका लागि रुपान्तरण सहित पार्टी पुनर्निर्माणको यो अभियानमा हामी विचारको विकास गर्न गईरहेका छौं ।

विचारको विकासको स्रोत मुक्तिकामी श्रमजीवि जनता हुन् । जनता तथा कार्यकर्ताहरुमा प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ सिंगो पार्टी र अध्यक्ष क. प्रचण्डका दैनिक गतिविधिहरु हामीले आजबाट मोवाइल एप्स् मार्फत सार्वजनिक गर्ने कार्यको पनि शुभारम्भ गरेका छौं ।
एन्ड्रोइड्स्मा प्रचण्ड (उचबअजबलमब) नाममा यसको शुभारम्भ गरेकाछौं । साथै यही एप्स्लाई एप्पल आइ ओ एस्मा पनि केही दिनभित्रै सार्वजनिक गर्ने यस विज्ञप्ती मार्फत सबैमा जानकारी गराउँदछौं ।

जोखबहादुर महरा ‘प्रताप’
सचिव
अध्यक्ष प्रचण्ड स्वकीय सचिवालय
एकीकृत ने.क.पा.(माओवादी)
लाजिम्पाट, काठमाडौं

न्यूमिडियामा प्रचण्ड प्रवेशः फेसबुकपछि ट्वीटर र वेबसाइट लञ्च