२६ भदौ, काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

बुधबार ७१ हजारमा रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनमा पनि २ सय रुपैयाँ घटेर बिहीबार ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनमा २ सय रुपैयाँ घट्दा चाँदीमा भने प्रतितोला ५ रुपैयाँ मात्र घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य यसअघि मंगलबार पनि घटेको थियो । सोमबार प्रतितोला ७१ हजार ७ सय मा कारोबार भइरहेको छापावाल सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेर ७१ हजार कायम भएको थियो । बुधबार र बिहीबार भने सुनचाँदीको मूल्यमा घटबढ भएन ।