३० बैशाख, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन प्रस्थान गरेका छन् ।

उनी केही बेरअघि विमानको अन्तिम सिटमा बसेर चितवन पुगेका हुन् । अस्तिी पनि प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँगै अन्तिम सिटमै बसेर चितवन गएका थिए ।

प्रधानमन्त्रीले भोली पश्चिम चितवनको शिवनगरस्थित लक्ष्मी माविबाट मतदान गर्नेछन् । सो केन्द्रको घ वुथवाट उनले मतदान गर्नेछन् । यस केन्द्रमा चारवटा वुथ रहेका छन् ।

यसपटक माओवादी पोलिटव्यूरो सदस्य रेणु दाहाललाई माओवादी कांगे्रेसको तालमेलगरी भरतपुर महानगरपालिकाको प्रमुख उठाएपछि चर्चा अझ चुलिएको छ । रेणुु प्रचण्डकी छोरी हुन् ।