४ मंसिर, काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार ६ सयले बढेको सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँले बढेको हो । यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोला बढेको छ ।

साताको चौथौ दिन छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार १ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायस् महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य बुधबार ८ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ ।

बुधबार सुनको मूल्य यो महिनाकै बढी हो । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ प्रतितोला कारोबार भएको थियो । नेपालमा सुनको मूल्य भदौ १२ गते सबैभन्दा बढी अर्थात ७२ हजार ५ सय रुपैयाँ प्रतितोलासम्म पुगेको थियो ।