२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्रीमण्डलमा रहेका उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हटाउने तयारी गरिरहेको बालुवाटार श्रोतले बताएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाललाई निरन्तरता दिने बताइन्छ ।

यसैगरी पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेतलाई पनि निरन्तरता दिने चाहना राखेका छन् । शिक्षा मन्त्री पोखरेलसँग ट्यूनिङ नमिलेपनि आन्तरिक समिकरणका कारण प्रधानमन्त्री ओली सकारात्मक रहेको बताइन्छ ।

मन्त्रीमण्डलमा आउने सम्भावित मन्त्रीको लिस्टिङ पनि प्रधानमन्त्री ओलीले तयार पारेका छन् । जसमा नेकपाका नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, लेखराज भट्ट, अग्नी सापकोटा, प्रभु साह, खजराज अधिकारी, महेश बस्नेतको नाम चर्चामा छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्वाहाम्फे, सोम पाण्डे, कृष्णगोपाल श्रेष्ठ, राजेन्द्र गौतम, विशाल भट्टराई, प्रेम आले, र हृदयश त्रिपाठी रहेका छन् ।