२० साउन, काठमाडौं । परराष्ट्र सेवाबाट प्रस्तावित आठ जना राजदुतको संसदीय सुनुवाई सकिएको छ । आज बाँकी एकजनाको सुनुवाई सकेसँगै परराष्ट्र सेवाबाट प्रस्तावित सबैको सुनुवाई सकिएको हो ।

samsadiya sunuwai samiti1                                                                 फाइल तस्विर

प्रचण्डले दिए आफू विरुद्ध नारा लगाउनेलाई छोड्न निर्देशन

सिंहदरबारमा आज बिहान बसेको संसदीय सुनुवाई विशेष समितीको बैठकले बेल्जियमका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । यसअघि हिजो र अस्ति समितिले ७ जनाको सुनुवाई गरेको थियो । ८ जनाको सुनुवाई सकिएपनि राजदुतमा सिफारिस सबैको सुनुवाई सकेपछि मात्र नामा अनुमोदन गरिने समिति सदस्य अनिता कुमारी परियारले जानकारी दिइन् ।

लण्डनमा चक्कु प्रहारबाट एकको मृत्यु, ५ घाइते

भोली दिउँसो २ बजे बस्ने समितिको बैठकले राजनीतिक पृष्ठभूमिका १४ जना प्रस्तावित राजदूतको सुनुवाई सुरु गर्ने समिति सदस्य परियारले बताइन् । सरकार परिवर्तन भएसँगै दलहरुले प्रस्ताव गरेका राजदुतहरुको सुनुवाई सुरु गर्ने कि नगर्ने भन्ने विवाद भएपनि समितिले भोली देखि सुनुवाइ अघि बढाउने निर्णय गरेको हो ।