१६ मंसिर, बुटवल ।

पाँच नं. प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवललगायत रुपन्देहीका विभिन्न ठाउँमा आज पनि बन्द तथा प्रदर्शन भएको छ ।

मोर्चाको काउन्टर प्रस्तावपछि कड्किए प्रचण्ड – सबै माग पूरा गर्न सकिदैन !

बिहानैदेखि भएको बन्दका कारण बुटवललगायत रुपन्देहीको जनजीवन प्रभावित भएको छ । अनेरास्ववीयुका विद्यार्थी तथा अखण्ड प्रदेश नं ५ दबाब अभियानलगायतको अगुवाइमा प्रद्धर्शन गरिएको हो ।

butwal-andolan-2

बुटवलको राजमार्ग चौराह, मिलनचोक बसपार्क, पुष्पलाल पार्कलगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारण स्फूर्तरुपमा सडकमा उत्रिएका छन् भने केन्द्रमा सीमाङ्कन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रिएका छन् ।

रोल्पा पुग्दा अर्थमन्त्री महरा घेरा बन्दीमा परे

बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधन ठप्प छन् । बन्दकर्ताको अवरोधका कारण भित्री सडकमा समेत सवारी साधन चलेका छैनन् ।

बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षणसंस्था सबै बन्द छन् । सडकमा नाराजुलुससहित टायर बालिएका छन् । स्वतःस्फूर्त सडकमा उत्रिएका युवाले प्रदर्शनमा ५ नं प्रदेश टुक्र्याउन पाइदैन भन्दै नारा लगाएका छन् ।

रुपन्देही व्यापार सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घलगायतका उद्योगी तथा व्यापारिक सङ्घसंस्थाका पदाधिकारी पनि आन्दोलनमा जुटेका छन् । पहाडी जिल्ला पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्यूठान छुट्याउने प्रताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने प्रद्धर्शनकारीले चेतावनी दिएका छन् । भूगोलका हिसाबले ५ नं प्रदेशको प्राकृतिक स्रोत, साधन, संस्कृति र सामिप्यता समेटिएकाले दलहरुले हिमाल, पहाड र तराईलाई अलग गरेर प्रदेश सीमाङ्कन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ ।

विशेष कारण देखाउँदै प्रचण्डको पत्रकार सम्मेलन स्थगित

यसैबीच ५ नं प्रदेश टुक्र्याएको विरोधमा अनेरास्ववियु रुपन्देहीले आजबाट अनिश्चितकालीन बन्दको आह्वान गरेको जनाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ति जारी गर्दै सरकारले संशोधन प्रस्ताव फिर्ता नगरेसम्म अनिश्चितीकालीन बन्द गर्ने जनाएका छन् ।

शुक्रबार बिहान बुटवलमा प्रदेश विभाजनको विरोधमा विविध कार्यक्रम आयोजना गर्ने नेकपा (एमाले)का नेता तथा पूर्व सभासद् नेत्रप्रसाद पन्थीले जानकारी दिए । रासस