२६ भदौ, काठमाडौं । कञ्चनपुरमा एक युवकले ६ वर्षीया बालिकालाइ घरको कोठामा लगेर बलात्कार गरेका छन् ।

बलात्कारको अभियोगमा बेलौरी नगरपालिका–४ शान्तिपुर बस्ने २० वर्षीय मधुसुधन गुरूङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई मंगलबार दिउँसो आफ्नै घरको कोठामा लगेर धम्की दिई जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।