२१ साउन, एजेन्सी । जम्मू कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गरिएपछि राज्यका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता फारुक अब्दुल्लाले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

जम्मू कश्मीर पुनर्गठन विधेयक राज्यसभाबाट पास भएपछि उनले प्रतिक्रिया दिएका हुन् । मेरो घरको ढोका बन्द गरिएको छ, हाम्रो हत्याको षड्यन्त्र रचिएको छ । उनले भने । जम्मू कश्मीरका विषयमा गृहमन्त्री अमित शाहले झुठ बोलेको आरोप लगाए । कश्मीरमा आफ्नै घरमा नजरबन्दमा राखिएका थुप्रै ठूला नेता अहिलेसम्म मिडियामा आएका छैनन् फारुक अब्दुल्ला भने पहिलो पटक मंगलबार दिउँसो सार्वजनिक रुपमा बाहिर आएर केन्द्र सरकारको फैसला अलोकतान्त्रिक भएको टिप्पणी गरेका हुन् ।

मिडियाकर्मीमाझ सार्वजनिक भएपनि उनी आफ्नै घरको वार्दलीबाटै बोलेका भारतीय संचारमाध्यामले जनाएका छन् । उनी सांसद भएकाले संसदमा उपस्थित हुनुपर्नेमा घरमै नजरबन्दमा छन् । बाहिरबाट ढोका लगाएर भित्रै थुनिएको छ ।