२२ कात्तिक, सिन्धुली । आफ्नै दाजु ६१ वर्षीय जगत बहादुर तामाङलाई धारिलो हतियार तरवार प्रहार गरी घाइते बनाएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–८ पर्ता बस्ने ५८ वर्षीय पूर्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सामान्य बिवादको कारण पूर्ण बहादुरले तरवार प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते जगत बहादुरलाई उपचारको लागि नमूना अस्पताल हरिवन लगिएको र अवस्था गम्भीर रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।