६ मंसिर, एजेन्सी । एक महिलाले आफ्नै पतिको हत्या गरी भान्छा कोठामा गाडेकी छिन् । यतिमात्रै होइन भान्छामै चिहान बनाएर त्यसमाथि चुल्हो बनाइ एक महिनासम्म खाना बनाएर खाइन् ।

सुन्दै चक्कर लाग्ने यो घटना हो भारत मध्यप्रदेशको । ३२ वर्षीया प्रमिलाले आफ्ना वकिल पति महेश बैनेवाललाई हत्या गरी गाडेकी हुन् । घटना बाहिर आएपछि उनलाई प्रहरीले हत्याको आरोपमा पक्राउ गरेको छ । प्रमिलाले भने अक्टोबर २२ मा श्रीमान हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रमिलाले महेशले आफ्नै बुहारीसँग अनैतिक सम्बन्ध राखेकाले देवरसँग मिलेर पतिको हत्या गरेको बयान दिएकी छिन् । मृतक महेश र प्रमिलाका चार बच्चा छन् ।