१ असोज, मकवानपुर । आफ्नै पसलबाट सुन चोर्ने एक व्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने सन्तबहादुर सुनारले संचालन गरेको जयलक्ष्मी सुनचाँदी पसलबाट २ तोला सुन हराएको थियो । त्यसपछि सन्तबहादुरले आफ्नो पसलबाट सुन चोरिएको भन्दै प्रहरीमा उजुरी दिए ।

त्यसपछि प्रहरीले अनुसन्धान र खोजतलास गर्ने क्रममा सन्तबहादुरकै छोरा २७ वर्षीय इश्वरलाई पक्राउ गरेको हो । उनको साथबाट दुई तोला सुन बरामद भएपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराइले जानकारी दिए ।