४ माघ, एजेन्सी । निर्भयाकी आमा आशादेवीले सर्वोच्च अदालतकी बरिष्ठ अधिवक्ता इन्दिरा जयसिंहको ट्वीटमाथि कडा प्रतिक्रिया दिएकी छन् । जसमा उनले दोषीहरुलाई माफ गर्न अपिल गरेकी थिइन् । निर्भयाकी आमाले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भनिन्, ‘मलाई सुझाव दिने इन्दिरा जयसिंह को हुन् ? पूरै देश दोषीहरुलाई सजाय होस् भन्ने चाहन्छ, यस्ता मानिसहरुले गर्दा बलात्कारबाट पीडितहरुले न्याय पाउँदैनन् ।’

बरिष्ठ अधिवक्त इन्दिरा जयसिंहले ट्वीट गर्दै लेखेकी थिइन्, ‘म आशादेवीको पीडा सम्झन सक्छु तर पनि म उनी सोनिया गान्धीको उदाहरणमा चलुन् भन्ने अपील गर्छु । सोनिया गान्धीले नलिनकीलाई माफ गर्दै भनेकी थिइन्, उनी मृत्युदण्ड चाहदिनन् । हामी तपाईंको साथमा छौँ तर मृत्युदण्डको होइन ।’

यसमा निर्भयाकी आमाले भनिन्, ‘इन्दिरा जयसिंह जस्तो मानिसले यस्ता किसिमका सुझाव दिने हिम्मत कसरी गरिन् भन्नेमा विश्वास लागेको छैन । म सर्वोच्च अदालतमा कैयौँपटक उनीसँग भेटेको छु । उनले कहिल्यै पनि मेरो हालचाल सोधिनन् तर आज उनी दोषीहरुको पक्षमा बोलिरहेकी छन् । यस्ता मानिसहरुको रोजीरोटी बलात्कारीहरुको समर्थन गर्दै चल्छ । त्यसकारण पनि बलात्कारको घटना घटिरहेको छैन ।’

निर्भयाको घटनानमा दोषीहरुलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । पटियाला कोर्टले दोषीहरुलाई फाँसीको सजाय १ फेब्रुअरी बिहान ६ बजे सजाय सुनाएके छ ।