१ फागुन, काठमाडौं । शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आमा’ सेन्सरबाट पास भएको छ । सेन्सर बोर्डमा चलचित्र देखाउँदा सेन्सरका सदस्यहरुको आँखामा आँशु छचल्किएको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले जनाएका छन् । चलचित्रले युनिभर्सल सर्टिफिटेक प्राप्त गरेको छ ।

दीपेन्द्रले भने–‘मैले चलचित्र पशुपति प्रसाद’ बनाउँदा जुन खालको प्रतिक्रिया सेन्सरबाट पाएको थिएँ, आमाबाट पनि यस्तै प्रतिक्रिया पाए । सेन्सरका सदस्यहरुले चलचित्र उत्कृष्ट बनेको भन्दै प्रतिक्रिया दिनुभयो । चलचित्र हेर्दा अधिकांश सदस्यका आँखा रसाएका थिए ।’

शर्मिला पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रले एउटा आमाको जीवन भोगाइको कथालाई भन्छ ।