बलिउड स्टार आमिर खान अभिनित ‘लाल सिंह चड्ढा’को रिलिज मिति सार्वजनिक गरिएको छ। यो फिल्म आउने वर्षको (सन २०२० डिसेम्बर २५) क्रिसमसमा रिलिज हुनेछ।

अद्वैत चन्दन फिल्मका निर्देशक हुन। उनले ‘सिक्रेट सुपरस्टार’मा पनि आमिरलाई निर्देशन गरिसकेका छन्।

यो फिल्म खेल्न लागेको घोषणा आमिरले आफ्नो ५४ औँ जन्मदिन (मार्च) मा गरेका थिए। यो फिल्म हलिउडका टम ह्याङ्क्स अभिनित ‘फरेस्ट गम्प’को रिमेक हो।

फिल्ममा उनी दुब्लो पातलो, पगडी लगाएको अवतारमा देखिनेछन्। यो भूमिकाको लागि आमिरले २० किलो तौल कम गर्नुपर्ने हुन्छ।

अमिताभ बच्चनसंग पहिलो पटक स्क्रिन सेयर गरेको आमिरको पछिल्लो फिल्म ‘थग्स अफ हिन्दुस्तान’ बक्सअफिसमा फ्लप भएको थियो।