२० कात्तिक, एजेन्सी । सामान्य दिन भन्दा कुनै चाडवाड वा छुट्टीको समयमा धेरै फिल्महरु रिलिज भइरहेको हुन्छ । दर्शकहरुको भीड बढ्ने भएकोले पनि हरेक फिल्मनिर्माताहरुले चाडवाड र छुट्टीको समयमा फिल्म रिलिज गर्न जोड गरिरहेका हुन्छन् ।

२०२० को ईदमा बलिउड अभिनेता सलमान खानको फिल्म राधेः यार मोस्ट वान्टेड भाई र अक्षय कुमारको फिल्म लक्ष्मी बाम्ब रिलिज हुँदैछ । ईदको अलावा २०२० को क्रिसमसमा पनि दुई ठूला फिल्महरु रिलिज हुँदैछन् । आमिर खान स्टारर फिल्म लाल सिंह चड्डा २०२०को क्रिसमसमा रिलिज हुँदैछ भने त्यहि समयमा अक्षय कुमारको फिल्म बच्चन पाण्डे पनि रिलिज हुँदैछ ।

पर्दामा दुई ठूला स्टारको क्ल्यास देखिने भएको छ । दुई ठूला फिल्म जुध्न लागेको विषयमा अक्षय कुमारले हलुका टिप्पणी गरेका छन् । एक पत्रिकासँगको अन्तर्वार्तामा उनले हरेक वर्ष २ सय भन्दा बढी फिल्म रिलिज हुने भएकोले दुई ठूला फिल्म आउनु खुसीको कुरा भएको तर्क गरे ।