५ मंसिर, काठमाडौं ।

आपुर्तीमन्त्री गणेशमान पुनले इन्धनको कालोबजारमा संलग्न रहेको आशंकामा परेका आयल निगमका कर्मचारीहरुलाई कारवाही गर्ने तयारी गरेका छन् ।

संकटकको समयमा इन्धन आपुर्तिमा सघाउनुको साटो असहयोग गर्ने र कालोबजारीमा संलग्न रहेका विभिन्न प्रमाणहरु सार्वजनिक भएपछि मन्त्री पुनः कर्मचारीहरुलाई कारवाही गर्ने निष्कर्षमा पुगेका हुन् ।

Nepal Oil Nigam vs Ganesh Man Pun

इन्धन घोटालामा संलग्न रहेका देशका मुख्य ४ डिपोका अधिकारीहरु कारवाहीमा पर्न लागेको मन्त्रालय श्रोतले हेडलाइन्सलाई जानकारी दिएको छ । कारवाही शुरुमा निलम्बन देखि बर्खास्ती सम्मको हुने श्रोतको भनाइ छ । अनियमितता गर्ने र जनतालाई दुःख दिने कसैलाई पनि नछोड्ने प्रतिबद्धता मन्त्री पुनले यस अघी नै ब्यक्त गरिसकेका छन् ।

आयल निगमबाटै इन्धनको कालोबजारी, कार्यकारी निर्देशक खड्काको काम नै संकाश्पद

रुपन्देही प्रहरीको सक्रियतामा भएको अनुसन्धानका क्रममा रुपन्देहीको भलवारी डिपो प्रमुखले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको निर्देशनमा पठाएको ट्याङ्कर रुपन्देही प्रहरी र प्रशासनको सक्रियतामा बर्दघाटमा नियन्त्रणमा लिइएपछि आयल निगमको कालो नियत बाहिर आएको थियो ।

नेपाल आयल निगम भलवारीका क्षेत्रीय प्रमुख दिनेश यादवको सक्रियतामा बिहीवार बेलुका सोझै काठमाण्डौको एक निजी पम्पलाई पठाइएको एक ट्याङ्कर अर्थात् १२ हजार लिटर डिजल नवलपरासीको बर्दघाटमा नियन्त्रणमा लिएको थियो ।

भलवारी सहित देशका ४ डिपोका अधिकारीहरु कारवाहीको सूचीमा परेका छन् । कतिपय कर्मचारी चीनबाट इन्धन ल्याउन नदिन सक्रिय रहेको समेत बताइन्छ ।