२४ कात्तिक, काठमाडौं ।

सोमबार सम्म लाइनमा बसेकाहरुलाई इन्धन वितरण गरिरहेको नेपाल आयल निगमले अव लाइन नबस्नुस् भन्दै पत्रकार सम्मेलन गर्नुको रहस्य गम्भिर रहेको खुलासा भएको छ ।

पेट्रोलियम हाहाकार देखाएर निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का विराटनगरस्थित विराट पेट्रोलियम प्रालिलाई नै पुनः तेल आपूर्ति ठेक्का दिलाउन लागिरहेको निगमकै अधिकारीहरुले खुलासा गरेका छन् ।

Nepal oil Nigam

संकट समयमा करोडौं कुम्ल्याउन खोजेको भन्दै चौतर्फी आलोचनापछि महँगो मूल्यमा पेट्रोलियम ल्याउन अनुमति पाएको विराट पेट्रोलियमले सम्झौता रद्द गरेको थियो । कम्पनीले गत शुक्रबार आयल निगमलाई पत्र लेखेर तेल ल्याउने सम्झौता रद्द गरेको जानकारी गराएको थियो । सम्झौता रद्ध भएपछि आफ्नो योजना विफल भएको भन्दै देशभरी इन्धनको चरम संकट देखाउने निर्देशक गोपाल खड्काको तयारी छ ।

सम्झौता रद्ध भएपछि आयल निगमबाट निकासा भएको १८ करोड रुपैयाँ समेत फिर्ता गर्न पर्ने भएपछि गोपाल खड्का रन्थनिएको बताइन्छ । निगमले कम्पनीको बैंक ग्यारेन्टीमा १८ करोड रुपैयाँ रकम निकासा गरेको थियो ।

इन्धनको नाममा करोडौं कुम्ल्याउन खोजिएको खुलासा, घोटाला गर्नेलाई नछोड्ने आपुर्ति मन्त्री पुनको चेतावनी

भारतले नाकाबन्दी लगाएपछि आयल निगमले १५ दिनका लागि काकडभिट्टामा डिजेल प्रतिलिटर १ सय ७८ र पेट्रोल १ सय ९९ रुपैयाँमा डेलिभरी दिने गरी गरी विराटसँग सम्झौता गरेको थियो ।

पेट्रोलियम पदार्थ आपूर्तिका लागि ग्लोबल टेन्डर आह्वान गरे अनुसार विराटले महंगो मुल्यमा तेल आयातको ठेक्का पाएको थियो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको समेत मिलेमतोमा विराटलाई तेल आपूर्तिका लागि अनुमति दिने निर्णय भएको भन्दै आलोचना थियो । असोज ३० गते राति दुई बजेसम्म बसेर कार्यकारी निर्देशक खड्काले विराटलाई तेल ल्याउने अनुमति दिएका थिए ।

आपुर्ति मन्त्री गणेशमान पुनले इन्धन संकटको बेला फाइदा उठाउँदै आयल निगममा घोटाला गर्न खोजिएको भनिएकोबारे छानविन शुरु भएको आफूलाई झुक्काएर करोडौंको खेल भैरहेको संकेत समेत गरेका थिए ।

शनिबार बसेको उद्योग वाणिज्य उपभोक्ता हित सम्बन्धी समितिले आपूर्ति मन्त्रालय तथा आयल निगमलाई इन्धन आपूर्तिकालागि विराट पेट्रोलसंग भएको सम्झौता सम्बन्धी सम्पूर्ण कागजात समितिलाई बुझाउन निर्देशन दिएको थियो ।