२४ साउन, काठमाडौं ।
क्षेत्र पुननिर्धारण आयोगले आज आफ्नो रिपोर्ट सरकारलाई बुझाउने भएको छ ।
अपरान्ह २ बजेपछि आयोगले आफ्नो रिपोर्ट सरकारलाई बुझाउन लागेको हो । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर रिपोर्ट बुझाउन लागेको हो ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले २ सय ४०  निर्वाचन क्षेत्र यथावत राखि प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  
स्रोतका अनुसार संवैधानिक अड्चन र राजनीतिक असमझदारीलाई ध्यानमा राखेर आयोग २०६४ को संविधानसभाका लागि कायम गरिएका क्षेत्र नचलाउने निष्कर्षमा पुगेको हो ।