२२ साउन, काठमाडौ । गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्यारामाथी अनुसन्धान प्रक्रिर्यामा भएको ढिलाइको बिषयलाइ लिएर राष्टिय मानव अधिकार आयोगले गृहमन्त्री माधव घिमिरेलाइ आयोगमा बोलाएको छ ।

हत्याराको छानविनको मागगर्दै अधिकारीका आमा बुबा प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशसमा बसेपछि आयोगले गृहमन्त्री घिमिरेसँग जानकारी लिन लागेको हो । हत्यारालाई कार्बाहीको मागगर्दै कृष्णप्रसादका बुबा नन्दप्रसाद र आमा गंगामायाँ अधिकारी राजधानीमा आमरण अनसनमा बसेका थिए ।

बिगत लामो समयदेखी धर्नामा बसेका उनीहरूलाई प्रहरीले पटक पटक मानसिक अस्पताल पुर्याएको थियो । अधिकारी परिवारले आफ्ना छोराको हत्यामा एमाओवादी नेतृ हिसिला यमीकी स्वकिय सचिवको समेत संलग्नता रहेको बताउदै आएको छ ।

हत्याराको छानविनमा सरकार गम्भीर नभएको भन्दै गृहमन्त्रीलाइ बोलाउने निर्णय भएको आयोग स्रोतले बतायो ।