८ साउन, काठमाडौं ।

निर्वाचन आयोगले जिल्ला समन्वय समितीको पदाधिकारी चयनका लागि उम्मेदवारको मनोनयन गर्न औपचारिक पत्र दिन राजनैतिक दलहरुका पदाधिकारीको दस्ताखत नमूना पेश गर्न भनेको छ ।

आयोगले आज सार्वजानिक सूचना जारी गर्दै जिल्ला समन्वय समितीको प्रमुख, उपप्रमुख र सदस्यहरु चयनका लागि औपचारिक पत्र प्रदान गर्न दलको पदाधिकारीको नाम, थर, पद र उनिहरुको दस्ताखत नमुना आयोगमा पेश गर्न भनेको हो ।

दस्ताखत नमूना यहि साउन १० गते सम्ममा आयोगको केन्द्रिय कार्यलय कान्तिप, काठमाडौंमा पेश गर्नुपर्नेछ । दस्ताखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी दलले गरेको निर्णयको प्रमाणित प्रतिलिपी र दस्ताखत नमुनाको सक्कल प्रति पेश गर्नुपर्ने निर्वाचन अयोगले जनाएको छ ।

पहिलो र दोस्रो चरणमा स्थानिय तह निर्वाचन सम्पन्न भएका सबै जिल्लका जिल्ला समन्वय समितीको प्रमुख, उपप्रमुख र सदस्यहरुको निर्वाचन प्रयोजनका लागि आयोगले नमूना दस्ताखत मागेको प्रबक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।