काठमाडौं, २९ चैत । नेपाल टेलिकमले नयाँ वर्ष वि.सं.२०७६ को अवसरमा ग्रहाक लक्षित योजना सार्वजनिक गरेको छ । टेलिकमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई २ सय रुपैयाँको प्याक उपलब्ध गराउने भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै टेलिकमले चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म खरिद गर्नेगरी २ सय रुपैयाँको प्याक उपलब्ध गराउने जानकारी गराएको हो । यसरी खरिद गरिएको प्याकअन्तर्गत ग्राहकले नेपाल टेलिकमकै नेटवर्कभित्र २ सय मिनेट फोन गर्न र २ सय वटा म्यासेज पठाउन सक्नेछन् । त्यस्तै यहि रकममा ३ जिबी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराउने छ ।

सरी उपलब्ध प्याक पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले स्पष्ट पारेको छ । यो सुविधा *१४१५# डायल गरेर लिन सकिनेछ ।