२७ कात्तिक, काठमाडौं । रौतहटमा बम बिस्फोटका घाइतेलाई जिउँदै इट्टा भट्टामा हालेर मारेको अभियोगमा थुनामा रहेका पूर्व मन्त्री एवं काँग्रेस नेता अवताब आलमको पक्षमा नेपालका प्रतिष्ठित कहलिएका वकिलको बहस सकिएको छ ।

पूर्व महान्यायाधीवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, प्रमेबहादुर खड्का, पूर्व महासचिव सुनिल कुमार पोख्रेललगायतले बहस सकेका छन् । थुनछेक बहस चलेको पाँचौं दिन बित्दा पनि सकिएको छैन ।

आज प्रतिवादीको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले मिडियाको कुरा नसुन्न न्यायाधीशलाई आग्रह गरेका छन्। बुधबार आलमको पक्षबाट पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ, संजीवकुमार मल्लिक, लालबाबु राय यादव र अजय पटेलले बहस गरेको जिल्ला अदालत गौरका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।

बाँकी कानुन व्यवसायीले भोली बहस गर्ने श्रेस्तेदार पराजुलीले बताए। न्यायाधीश दीपक ढकालको इजलासमा बहस भइरहेको छ। आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। आलमबाहेक बाँकी १० जना फरार छन्। आलममाथि जन्मकैदको माग गर्दै मुद्दा दायर गरिएको छ । थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउनेकि छाड्ने भन्ने आदेश दिनेछ ।