७ भदौ, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबल अन्तर्गत अहिले चेल्सी र नर्विच सिटीबीचको खेल चलिरहेको छ । ३२औं मिनेटको खेल चलिरहँदा खेलमा दुवै टीमले २–२ गोलको बराबरी बनाएर खेलिरहेको छ ।

खेलको तेश्रो मिनेटमै टम्मी अब्राहमले चेल्सीका लागि पहिलो गोल गरेका थिए । तर त्यसको तीन मिनेट पनि बित्न नपाउँदै नर्विच सिटीका टोड क्यान्टवेलले खेल बराबरी बनाए ।

त्यसपछि १७ औं मिनेटमा चेल्सीका मसन माउन्टले दोश्रो गोल थपे पनि चेल्सीले अग्रतालाई १४ मिनेट पनि टिकाउन सकेन । खेलको ३० औं मिनेटमा नर्विच सिटीका टीमु पुक्कीले गोल गर्दै बराबरीको स्थितिमा पुर्‍याए ।