९ मंसिर, काठमाडौं । इंङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडसँग तीन तीन गोलको बराबरी खेलेको छ । कुनै समय २–० ले पछि परेको अवस्था उल्टाउँदै म्यान्चेस्टर युनाइटेडले ७९ औं मिनेटमा ३–२ को अग्रता लिएको थियो ।

तर, इन्जुरी समयमा म्यानयू समालिन नसक्दा शेफिल्डले एक गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा टुंगियो । बराबरीसँगै म्यान्चेस्टर युनाईटेड १३ खेलबाट १७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट ३७ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको लेष्टर सिटीको २९ अंक छ भने २८ अंकका साथ म्यान्चेस्टर सिटी तेस्रो स्थानमा तथा २६ अंक जोडेको चेल्सी चौथो स्थानमा छ ।