काठमाडौं, २ जेठ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले इङ्ल्याण्डका कप्तान इयान मोर्गानलाईलाई कारवाही गरेको छ ।

आइसीसीले उनीमाथि एउटा एकदिवसीय खेलमा प्रतिबन्ध लगाउनुका साथै म्याच फिको ४० प्रतिशत रकम जरिवाना गर्ने निर्णय गरेको छ । मोर्गानबाहेक उनको टिमका सबै सदस्यले म्याच फिको २० प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ । पाकिस्तान विरुद्धको तेस्रो एकदिवसीय खेलमा स्लो ओभर रेटका कारण उनलाई कारवाही गरिएको हो ।

म्याच रेफ्रीका अनुसार निर्धारिण गरिएको समयमा इङ्ल्याण्डको टोलीले दुई ओभर कम बलिङ गरेको थियो । आइसीसीको आचारसंहिता अनुसार स्लो ओभर रेटसँग जोडिएको गल्ती गरेमा निर्धारित समयमा बाँकी रहेको ओभरमा प्रत्येक खेलाडीका लागि म्याच फि को १० प्रतिशत र कप्तानका लागि २० प्रतिशत जरिवाना हुने उल्लेख छ । मोर्गन एकै वर्षमा दोस्रो पटक दोषी पाइएपछि उनलाई एक खेल पनि प्रतिबन्ध गर्नुपरेको समाचारमा उल्लेख छ ।