२५ मंसिर, जाकार्ता । इण्डोनेसियामा भूकम्पका कारण ४५ हजार जना घरबार विहिन भएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पका कारण अहिलेसम्म एक सय जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

भूकम्पबाट विस्थपितहरु भूकम्प प्रभावित क्षेत्रभन्दा टाढा टाढा जान थालेको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

indonesia-earthquake

“शुक्रबारदेखि घर छोडेर विभिन्न ठाउँमा जानेहरु अझ धेरै बढेका छन्,” राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्रो नुग्रोहोले जानकारी दिए ।

कम मात्र गहिराईमा केन्द्रविन्दु भएर आएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्लामा मात्र करिब ११ हजार घर र भवनहरु क्षतिग्रस्त भएको बताइएको छ ।

भूकम्प प्रभावित दजनौंको सङ्ख्यामा त्रिपालहरु बाँडिएको र यस ६.५ रिक्टर स्केलको मापन गरिएको भूक्म्पबाट भीषण क्षति भएको इन्डोनेसियाली अधिकारीहरूले जानकारी दिएका छन् ।

यस शक्तिशाली भूकम्पको कारण सयौँ घरलगायत आधारभूत संरचना ध्वस्त भएका हुनाले मृतकको सङ्यासमेत बढ्ने अनुमान गरिएको छ ।

इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको सुृनामीबाट पनि अति प्रभावित भएको थियो । त्यसबेला भूकम्पपछि आएको सुनामीमा परी इन्डोनेसिया भरी एक लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसमा पनि आचे प्रान्तका व्यक्तिहरुको हताहती सङ्ख्या बढी रहेको थियो । रासस/एएफपी/सिन्ह्वा