मोडेलदेखि खेलाडीसम्म जो आफ्नो कलाका कारण विश्वभर चिरपरिचित छन्, सामाजिक सञ्जालमा निक्कै सक्रिय रहन्छन् र फलो गरिन्छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका विश्वका १० सेलिब्रेटीहरु को-को छन् थाहा पाउँनुहोस् ।

१. सेलेना गोमेज – २४ बर्षीया चर्चित अमेरिकी अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्रामा सबैभन्दा बढी फलोअर्स भएकी सेलिब्रिटी हुन् । सेलिनाका इन्स्टाग्राम १२ करोड दश लाख बढी फलोअर्स छन् ।

२. एरिअना ग्रान्डे – २३ बर्षिया एरिअना ग्रान्डे पनि अमेरिकी गायिका हुन् । इन्स्टाग्राममा उनको फलोअर्स १० करोड ७० लाख छन् ।

३. टेलर स्विफ्ट(अमेरिकी गायिका) – दश करोड २० लाख बढी फलोअर्स ।

४. बियोन्से – १० करोड २० लाख फलोअर्स ।

५. क्रिष्टियानो रोनाल्डो – फूटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको इन्टाग्राममा १० करोड १० लाख फलोअर्स छन् ।

६. किम कार्दाशियन – अमेरिकी टेलिभिजनकर्मी तथा मोडेल किम कार्दाशियनका इन्स्टाग्राममा १० करोड फलोअर्स छन् ।

७. केलि जेनर – १९ बर्षिया अमेरिकी टेलिभिजन प्रस्तुतकर्ता तथा मोडेल केलि जेनरका ९ करोड ३९ लाख फलोअर्स छन् ।

८. ड्वाने द रोक जोनसन (अभिनेता तथा रेसलर) – ८ करोड ६८ लाख फलोअर्स

९. केन्डल जेनर(मोडेल) – ८ करोड ७ लाख फलोअर्स

१०. निकी मिनाज(र्यापर) – ८ करोड २ लाख इन्स्टाग्राम फलोअर्स छन्