११ माघ, एजेन्सी । पेन्टागनले इराकी बेस क्याम्पमा भएको ईरानी आक्रमणमा ३४ जना अमेरिकी सैनिकको टाउकोमा चोट लागेको खबर आएको बताएको छ । पेन्टागनका एक अधिकरीले १७ जना अमेरिकी सैनिकलाई स्वास्थ्य निगरानीमा राखिएको बताएका छन् ।

८ जनवरीमा भएको ईरानी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि अमेरिकी सैनिकलाई चोट नलागेको बताएका थिए । ईरानी सैन्य कमाण्डर कासिम सुलेनमानीको अमेरिकी ड्रोन आक्रमणमा हत्या भएपछि ईरानीले इराकमा रहेको अमेरिकी सैन्य बेस क्याम्पमा मिसाइल आक्रमण गरेको थियो ।

सो समयमा अमेरिकी राष्ट्रपतिले आफ्नोतर्फको केही पनि नोक्सान नभएकोले ईरानमाथि फेरि आक्रमण नगर्ने बताएकी थिए । तर हालसालै पेन्टागनले ११ सैनिकको अहिले पनि उपचार भइरहेको जनाएको छ ।

यसै साता भएको एक इकोनोमिक फोरमको कार्यक्रममा राष्ट्रपति ट्रम्पले केही सैनिकहरुलाई टाउकोमा चोट लागेको सुनेको बताउँदै ठूलो र गम्भीर नभएको बताए । उनले कुनैपनि गम्भीर नलागेको कुरा आफैँले देखेको उनको दाबी छ । पेन्टागनले यसअघि पनि आक्रमण्मो समयमा उनीहरु बंकरमा भएको जनाएको छ ।

शुक्रबार रक्षा विभागका एक अधिकारीले आठ सैनिकहरुलाई थप उपचारको लागि अमेरिका पठाइएको बताएका छन् । यस्तै बाँकीको उपचार भने जर्मनीमा चलिरहेको छ । उनका अनुसार १७ जवान ड्यूटीबाट फर्किरहेका थिए जसमा १६ जनाको इराक र बाँकी १ जनाको कुवेतमा उपचार भएको थियो । आक्रमण लगत्तै केही पनि जानकारी नभएकोले राष्ट्रपतिले कुनै क्षतिको नभएको बताएको भन्दै पेन्टागनले ट्रम्पको बचाउ गरेको छ ।