२३ पुस, एजेन्सी ईरानले इराकमा रहेको अमेरिकी सेनाको सैन्य बेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। इराक स्थिति कम्तिमा २ अमेरिकी एअर बेसमा आक्रमण  भएको अमेरिकी डिपार्टमेन्ट अफ डिफेन्सले पुस्टी गरेको छ। 

दर्जन भन्दा ब्यालेस्टिक मिसाइलद्धारा आक्रमण भएको बताइएको छ।  ईरानी सरकारी टेलिभिजनले आक्रमण कमाण्डर कासिम सुलेमानीको हत्याको बदलास्वरुप भएको बताएको छ। 

यसैगरि ह्वाइट हाउस प्रवक्त स्टेफानी ग्रिस्मले ईराकका भएको आक्रमणको बारेमा जानकार भएको र राष्ट्रपति लाई जानकारी गराइएको बताएकी छिन । उनले राष्ट्रपतिले अहिले नजिकैबाट स्थितीलाई निहालिहरेको र सुरक्षा समुहसंग कुरा गरिरहेको पनि बताएकी छिन्।

आक्रमणमा मानविय क्षति भए नभएको थाहा भएको छैन्।

इरबिल र अल असदा रहेका कम्तिमा दुइ सैन्य बेसमा आक्रमण भएको हो। ईराकमा करिब ५ हजार अमेरिकी सेना रहेका छन्।

यो पनि पढ्नुस:

सुलेमानी हत्यामा साउदी अरबले मुख खोल्यो

अमेरिका र इरानबीच युद्ध हुँदा कहाँ फस्छ नेपाल ?