२३ पुस,एजेन्सी । ईरानमा एक यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको छ। युक्रेन इन्टरनेशनल एअरलाइन्सको १८० यात्रु बोकेको बोइङ ७३७ विमान उड्ने बितिकै दुर्घटनामा परेको हो।

ईरानको सरकारी समाचार एजेन्सीका अनुसार प्राविधीक कारणले विमानमा उडे लगतै आगलागी भएको थियो र त्यसपछि विमान जमिनतिर खसेको थियो।

प्रारम्भिक रिपोर्टहरुका अनुसार विमान इरानको इमाम खामोनी इन्टरनेशनल विमानास्थलबाट युक्रेनको राजधानी किभ जाँदै थियो।

दुर्घटना अमेरिका-इरान दन्द्धसंग जोडिएको छ-छैन् थाहा भएको छैन्। घट्नाको विस्तृत जानकारी आइसकेको छैन्।