२२ माघ, एजेन्सी । भारतको उच्च अदालतले निर्भयाको बलात्कार र हत्यामा संलग्न रहेका चारैजनालाई एकैसाथ फाँसी दिन आदेश दिएको छ । अदालतले अब जस्तोसुकै याचिका दिनुपर्ने भए ७ दिन भित्र दिन र त्यसको तत्काल टुंगो लगाउन पनि आदेश दिएको छ ।

उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल दायर गरिएको छ । पटियाला हाउस कोर्टले निर्भयाका चारै जना दोषीहरु मुकेश, अक्षय, पवन र विनयलाई फाँसीको निर्णय तत्काल कार्यान्वयन गर्न रोक लगाएका थिए । केन्द्र र तिहाड जेल प्रशासनले यो फैसालका विरुछ दिल्ली उच्च अदालतमा याचिका दाखिला गरेको थियो ।

आइतबारको विशेष सुनुवाईपछि उच्च अदालतले फैसला सुरक्षित राखेको थियो । निर्भयाका आमा बाबुले दिल्ली उच्च अदालतलाई छिटो फैसला गर्न अपिल गरेपछि अदालतले यस्तो आदेश सुनाएको हो ।