एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनको नाम सुन्ने वित्तिकै सात्तो जाने अमेरिकी नागरिकले उनलाई आफ्नै सामुन्ने हिँडिरहेको देख्दा कस्तो महशुस गर्छ होला ? हालै अमेरिकाको एक सडकमा यस्तै भएको छ ।

किम जोङ उनको भेषमा एक युवक अमेरिकाको सडकमा पैदल हिँडेको देखेपछि धेरै अमेरिकीको सात्तो गयो । हाउभाउ, जिउडाल दुरुस्तै र अनुहार समेत मिल्ने भएपछि धेरै अमेरिकी झुक्किए ।

तर उनी सक्कली नभई नक्कली किम थिए । रमाइलो भिडियो बनाउनका लागि ति व्यक्ति यसरी हिँडेका थिए । अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । (हेर्नुस् भिडियो)